डडेल्धुरा– बैतडीको दोगडाकेदार गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको छ।
सोमबार बिहानै जिल्ला दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा उक्त शंकास्पद वस्तु भेट्टिएको हो।
प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त वस्तुहरू रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।
खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ्। उक्त शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले जनाएको छ।
उक्त शंकास्पद बस्तु डिस्पोजलका लागी बैतडीस्थित हनुमानध्वज गुल्मको सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताए।
नेत्रविक्रम चन्द 'विप्लव' समूहको आज नेपाल बन्द रहेकोले चन्द समूहले उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।