जनकपुर– सर्लाहीमा एक महिलाको शव फेला परेको छ।
धनकौल गाउँपालिका–४ महिनाथपुरमा अन्दाजी २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो।
मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सिसौघारीमा महिलाका शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
क्रिम र रातो रंगको साडी, ब्राउन रंगको चोलो लगाएको महिलाको पहिचान खुलेको छैन। घटना थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिए।
शव अहिले सर्लाही अस्पताल मलंगवाको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।