काठमाडौं– आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१) राजधानीका दुई विस्फोटमा ३ जनाको मृत्यु, ५ जना घाइते, विस्फोटमा नेकपा विप्लव समूहको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुमान।
२) सरकारले ल्याएको सुरक्षा परिषद् सम्बन्धी विधेयक पनि विवादित, सेनालाई मुठ्ठीमा कस्ने महत्वकांक्षा, सरकारको नियतमाथि नै प्रश्न।
३) सगरमाथा आरोहण गर्दा ज्यान गुमाउनेको संख्या १० पुग्यो, ८ हजार माथिका हिमालमा २० को मृत्यु, गत वर्षको आरोहणको रेकर्ड तोडिने अनुमान।
४) बार्सिलोनालाई झड्का, कोपा डेल रे फाइनलमा पराजित, भ्यालेन्सिया च्याम्पियन।
५) र, एनडिए संसदीय दलको नेतामा मोदी, पुनः प्रधानमन्त्री बन्न बाटो खुला, वरिष्ठ नेता आडवाणीले दिए बधाई।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।