काठमाडौं– ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा १८ जिल्लाका इन्चार्ज हेरफेर भएका छन्।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको सूचीअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ।
सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादव, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ विनोद पोखरेल, वर्दियामा राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला र इलाममा हिराबहादुर पाण्डेलाई नयाँ जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।