काठमाडौं– पेरुमा शक्तिशाली भूकम्प गएको छ। उत्तरी पेरुको अमेजोन जंगलमा आइतबार बिहानै ८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
शक्तिशाली भूकम्प गए पनि अहिलेसम्म कोही पनि घाइते भएको विवरण आएको छैन।
पेरु ‘रिङ अफ फायर’ भनिने भूकम्प सक्रिय क्षेत्रमा पर्छ जहाँ विश्वका ठूला–ठूला भूकम्पीय कम्पनहरू जाने गर्छन्।
गत फेब्रुअरीमा पनि छिमेकी इक्वेडरलाई केन्द्र बनाएको ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।