काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद अवार्डको १६ औ संस्करण अगामी असारमा गर्ने भएको छ ।
मञ्चले आइतबार पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी गराएको हो। मञ्चले आगामी असार १७ गते विशेष कार्यक्रम गरी २०७५ सालमा खेल क्षेत्रबाट नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, खेलकर्मीलाई सम्मान गर्दै अवार्ड वितरण गर्ने भएको हो।
गत वर्ष जस्तै यस वर्ष पनि स्पोटर्स अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालीको बजाज पल्सर मोटरसाईकल रहेको छ। हंशराज हुलासचन्दले अवार्डका लागि यस बर्ष २५ लाख रुपैया बराबरको नगद र जिन्सी सहयोग उपलब्ध गराउने भएको छ।

पल्सर स्पोर्टस अवार्ड २०७५ मा १० विधामा अवार्ड प्रदान गरिने भएको छ। यसबर्ष इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड थप गरिएको छ। वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाईस र प्रशिक्षक गरी ४ विधाका विजेतालाई बजाज पल्सर मोटरसाईकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैया सहित विभिन्न उपहार प्रदान गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।