डडेल्धुरा–डडेल्धुरामा ट्र्याक्टर दुघर्टना हुँदा एक जनाको मुत्यु भएको छ।
आइतबार बिहान अमरगढी नगरपालिका–७ पोखरा नजिक ट्र्याक्टर दुघर्टना भएको हो।
दुघर्टनामा परी नवदुर्गा गाउँपालिका–१ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहारको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डम्बर बहादुर केसीले जानकारी दिए।
बिना नम्बर प्लेटको नयाँ ट्र्याक्टरका चालक भीमदत्त नगरपालिका–९ कञ्चपुरका हिक्मतसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।