काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेको चुमनुब्री गाउँपालिका–६ स्थित जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ।
खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका अनुसार काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनमार्फत जगत क्षेत्रमा परिचालन गरिएको छ।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।