चितवन- पूर्वी चितवनको कालिका नगरपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्।
कालिका नगरपालिका-१ स्थित नौ नम्बर टोल बस्ने अन्दाजी ४७ वर्षीय कुमारसिंह श्रेष्ठ सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार मृत्युको कारण खुलिसकेको छैन।
मृतक माइला छोरा र बुहारीसँगै बस्दै आएका उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।