युरोप पुगेको सातौं दिन उत्साहको 'पारो' चढेको थियो। किनकी जर्मनीको प्रसिद्ध रंगशाला एलियान्ज एरेनामा पुग्ने कार्यक्रम थियो। युरोपको बलिया क्लब मध्ये एक बायर्न म्युनिखको घरेलु मैदानमा पुग्नु म जस्ता फुटबलप्रेमीका लागि उपलब्धि नै हो।
रंगशालामा विहान ११ बजे नै पुग्नु पर्ने थियो। ११ बजे नपुगे हाम्रा 'टुर गाइड' छुट्छ भनिएको थियो। पुग्न त हामी समयमै पुग्यौं। पहिलो पटक युरोपको आकर्षक रंगशालाको बाहिरि स्वरुपले नै हामीलाई मोहित बनायो। हामी 'फोटो सेसन' मै भुल्लियौं। २० मिनेट ढिला भएछौं। रंगशालाका कर्मचारीले हाम्रो टुर 'क्यानसल' भएको जानकारी दिए। हामी निराश भयौं। तर पनि एकपटक अनुरोध गर्ने जमर्को गर्यौं।
हामीले 'नेपालबाट आएको, टेलकम कप हेरिसक्यौं, आगामी २७ तारिकमा पनि हेर्न टिकट काटिसकेको' भनेर अनुरोध गर्यौ। हामीले नेपालबाट लागेको ब्यानर र ब्याच पनि देखायौं। ब्याच दियौं पनि। त्यसपछि कर्मचारी पग्लिएछ क्यार। हामीलाई सवा १२ बजे बस्ने भए भित्र छिर्न दिने बताए। हामीलाई के चाहियो र, सहजै स्विकार गर्यौं। किनकी हाम्रो दिनभरको कार्यक्रम नै रंगशाला छिर्ने मात्र थियो।
.jpg)
रंगशाला भित्र छिर्नु ठिक १० मिनेट अघि हाम्रा टुर गाइड आइपुगे। उनी देख्दै हसमुख थिए। उनले हामीलाई रमाइलो तरिकाले गाइड गर्न थाले। उनले रंगशाला भित्र गर्न हुने र नहुने काम बताउँदै हामीलाई रंगशालाका विभिन्न कक्षमा घुमाउन थाले।
रंगशालामा खेल हेर्नका लागि ७ हजार देखि १२ हजार रुपैयाँसम्म टिकटको मूल्य रहने गरेको छ। ३४ वर्ष पुरानो यो रंगशालामा हरेक खेलमा दर्शक भरिन्छन्। सबै टिकट बिक्री भएको रेकर्ड छ। खेल हेर्नका लागि विभिन्न कम्पनीहरुले छुट्टै टिकट लिन सक्छन्। कम्पनीहरुले १ हजार देखि ३ हजार पर्ने टिकट किन्ने गरेका छन्। कम्पनीहरुले त्यो टिकट आफ्ना कर्मचारी उपलब्ध गराउछन्।
रंगशालामा युरोपकै ठूलो स्कृन छ। २ सय स्क्वायर मिटरको यो स्कृन युरोपकै ठूलो भएको हाम्रा टुर गाइड बताइरहेका थिए। रंगशाला घुम्दा हामीले दर्शक बस्ने ठाँउ, खेलाडीको चेन्जिङ रुम, किचन, खेलाडीको रेस्ट एरिया, पत्रकार सम्मेलन हुने स्थान, खेलाडी र प्रशिक्षकले आफ्नो धारणा राख्ने स्थानलगायत सबै कक्षको अवलोकन गर्ने अवसर पायौं।
.jpg)
जाडो र गर्मी दुवै मौसममा मैदानलाई हरियो पार्नका लागि त्यहाँ विश्वस्तरिय प्रविधि जडान गरिरहेको छ। यस्तै समयअनुसार बाहिरी रंगशालाको रंगले पनि बेलाबेला आफ्नो स्वरुप फेरिरहन्छ। सबै कक्षको भ्रमण गरिरहदा एलियान्ज एरेनाले मोहनी लगाइ रहेको थियो।
रंगशालामा ७२ हजार सिट छ। उभिएर हेर्नका लागि ३ हजार मानिसलाई स्थान छ। सबै स्थानमा उस्तै सुविधा रहेको रंगशाला घुम्न मात्र हामीलाई ३ घन्टा लग्यो। तर हामीलाई ३ मिनेट अघि मात्र रंगशाला छिरेको अनुभूति भइरहेको थियो। अझै हेर्ने र घुम्ने धित मरेको थिएन। अघिल्लो साता यहि मैदानमा बायर्न म्युनिख लगातार ७औं पटक जर्मन बुन्डेसलिगा च्याम्पिएन भयो। एलियान्जको गुण नेपाली फुटबलमा लागोस् ।
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।