भैरहवा- कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा भएको जिप दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ।
लु१ज ४१७५ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए।
जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।