काठमाडौं- स्पेनिस कोपा डेल रे फुटतबल प्रतियोगिताको उपाधि जित्ने बार्सिलोनाको लक्ष्य असफल भएको छ। गए राति भएको फाइनलमा भ्यालेन्सियलाई पराजित गरेपछि ला लिगा र कोपा डेल रे गरी २ वटा उपाधि जित्ने बार्सिलोनाको लक्ष्य पूरा हुन नसकेको हो।
फाइनलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ गोलले हरायो। भ्यालेन्सियाका लागि गामिनिरयोले २१ मिनेटमा पहिलो गोल गरे। ३३ मिनेटमा रोद्रिगोले अर्को गोल गरेपछि भ्यालेन्सिया २-० ले अघि बढ्यो।
७३ मिनेटमा लिओनल मेसीले बार्सिलोनाका लागि गोल फर्काए। त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन।
यो सिजन ला लिगाको उपाधि जितेको बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भएको थियो। बार्सिलोनालाई लिभरपुलले उत्कृष्ट पुनरागमन गर्ने क्रममा दोस्रो लेगमा ३-० ले हराएको थियो। पहिलो लेगमा भने बार्सिलोना २-० ले विजयी भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।