टोकियो- जापानको ४ दिने भ्रमणका लागि वासिङ्टनबाट छुट्नुपूर्व शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान–अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र जापानबीच रहेको व्यापार नीतिका कारण अमेरिकालाई केही नोक्सानी पुग्ने गरेको बताउँदै उनले आफ्नो भ्रमणमा अमेरिका–जापानबीच समान व्यापारका लागि आवश्यक सुधारका लागि भ्रमण उपयोगी रहने जिकिर गरे।
विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच व्यापार विस्तारका लागि नयाँ सम्झौता गर्ने पनि कार्यक्रम रहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले जापानसँगको असमान व्यापार नीतिलाई सुधार गरी अघि बढ्ने बताए।
राष्ट्रपति ट्रम्पले जापानी सम्राट नारूहितोलाई आगामी सोमबार भेट्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री सिन्जो आवेसँग गल्फ खेल्ने बताइएको छ। उनले आफ्नो जापान बसाईमा जापानी राष्ट्रिय खेल सुमो पनि प्रधानमनत्री आबेका साथमा अवलोकन गर्ने कार्यक्रम छ।
जापानी प्रधानमन्त्रीले केही समय पहिले वासिङ्टन भ्रमण गरेका थिए। ट्रम्प जी–ट्वान्टी समूह राष्ट्रको जापानमा हुने सम्मेलनमा भाग लिन अर्को महिनाको अन्त्यमा फेरि जापान आउने कार्यक्रम छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।