वासिङ्टन- अमेरिकी ट्रम्प प्रशासनले कांग्रेसको जाँचबुझ कार्यक्रमबाट ‘आकस्मिक अवस्था’ का लागि भन्दै जोर्डन, संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि सैन्य हतियार बिक्रीको प्रवर्द्धन गर्ने बताएको छ।
शुक्रबार अमेरिकी ट्रम्प प्रशासनद्वारा गरिएको उक्त निर्णयको अमेरिकी सिनेटका दुवै दलका केही सांसदले भने विरोध गरेका बताइएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक वक्तव्य प्रकाशित गरी अमेरिकाको हतियार निर्यात नियन्त्रण कानुन बमोजिम राज्य परिषद्ले तुरुन्तै यी तीन मुलुकका लागि ८ अर्ब १० करोड अमेरिकी डलर बराबरका सैन्य हतियार बिक्री प्रवर्द्धन गर्न निर्देशन दिएका हुन्।
वक्तव्यमा अमेरिकाको गठबन्धन मुलुकले समर्थन दिँदै मध्यपूर्वी क्षेत्रको स्थिरताको लागि र इरानमाथिको आक्रमणप्रति सम्बन्धित मुलुकलाई सहायता प्रदान गर्नका लागि उक्त सैन्य हतियार बिक्री परियोजना अगाडि बढाइएको बताइएको छ।
रिपब्लिकन पार्टीका सांसद मार्को रुबिओले अमेरिकी सरकारको उक्त कार्य ठूलो गल्ती भएको बताएका अमेरिकी समाचारसंस्थाहरूले जनाएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।