काठमाडौं- आगामी जेठ १६ गतेदेखि सुरु हुने एकदिवसीय क्रिकेट विश्वकपअघि भएको वार्मअप खेलमा भारतलाई न्युजिल्यान्डले ६ विकेटले पराजित गरेको छ।
शनिबार भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले कमजोर ब्याटिङ गर्यो। भारत ३९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो। भारतका सुरुवाती चार ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो। कुनै समय ६ विकेट गुमाउदा ८१ रन जोडेको भारतको इनिङ उकास्न रविन्द्र जडेजाको ५४ रन महत्वपूर्ण रह्यो। बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्डले ४ विकेट लिए भने जेम्स निशमले ३ विकेट हात पार्यो।
१ सय ८० रनको लक्ष्य न्युजिल्यान्डले ३७.१ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। न्युजिल्यान्डका लागि रोश टेलरले ७४ रन र केन विलियमसनलाई ६७ रन बटुले। बलिङमा भारतका रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, जसप्रित बुमराह र युजभेन्द्र चाहले १-१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।