जनकपुर– एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका धनुषाको क्षीरेश्वरनाथ ५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई जेल चलान गरिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्स्पेक्टर अमिर दाहालले दिएको जानकारीअनुसार आवश्यक अनुसन्धान पश्चात बिहीबार आरोपी साहलाई जिल्ला अदालत धनुषामा पेस गरिएको थियो।
शुक्रबारको थुनछेक बहसपछि आरोपीलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश अदालतबाट जारी गरिएको हो।
आरोपी साहले घरमा कोही नभएको मौका छोपी बालिकालाई बेहोस पार्ने औषधि प्रयोग गरी बैसाख १५ गते बलात्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।