राजविराज– कोशी नदीको पश्चिमतर्फको तटबन्धमा भारतीय पक्षले कोसी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपाल तर्फको एक बस्ती समस्यामा परेका छ। हनुमाननगर कंकालिनी नगरपालिका-१४ गोबरगाढाका १ सय २० परिवारलाई नेपालतर्फको भुभागमा आवतजावत गर्न समस्या परेको छ।
सो बस्ती पुग्न सप्तकोशीको भंगालो तरेर जानुपर्ने अवस्था छ। सो भंगालोमा अकस्मात् पानीको बहाब बढी भएकाले सहजै तरेर आउजाउ गर्न सकिने अवस्था छैन। यसअघि स्थानीयहरु हिँडेरै आवतजावत गर्ने गर्थे। सो बस्तीका सबै परिवार सुरक्षित रहेको तर आवतजावत गर्न कठिन भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल लाइभले जानकारी दिए।
'पानीको बहाव बढेकाले आवतजावतमा कठिनाइ छ। त्यहाँका सबै परिवार सुरक्षित छन्। स्थानीय जनप्रतिनिधिसँग पनि सम्पर्क भइसकेको छ,' उनले भने, 'केही नाउ पानीले बगाएको छ। भएका ठुला ३ नाउमध्ये एक नाउ पानीले बगाएका कारण आवतजावतमा समस्या भएको छ। आइतबार बिहानै थप नाउ पठाउछौँ।'
भारतीय पक्षले बिना जानकारी पानी छोड्दा समस्या आएको उनले भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।