• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एन्फा अध्यक्षको एक वर्षे समीक्षा : हिलोमा जग हाल्न कोसिस गरेँ

64x64
नेपाल लाइभ आइतबार, जेठ १२, २०७६  ०६:१३
1140x725

अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमा कर्माछिरिङ शेर्पा आएको एक वर्ष पूरा भएको छ। विद्रोही छवि बनाएर नेतृत्वविरुद्ध आन्दोलन गरेका शेर्पा समूहले पूर्वअध्यक्ष गणेश थापाको राजलाई २३ वर्षपछि समाप्त पारेको थियो। 

शेर्पा समूहले नेपाली फुटबलमा परिवर्तन, सुशासन, विकेन्द्रीकरण र सामूहिक नेतृत्व जस्ता मुद्दा उठाएका थिए। यी मुद्दालाई लिएर शेर्पा समूहले चार वर्ष नेतृत्वविरुद्ध लगातार आन्दोलन गरेको थियो। अब मुद्दालाई सम्बोधन गर्ने स्थानमा आफैं आइपुगेका शेर्पाले नेपाल लाइभका सीताराम कोइरालासँग एक वर्षको अवधिमा गरेका काम र खेपेका आरोपबारे कुराकानी गरेका छन्। 

परिवर्तनको नारा दिएर एन्फामा शुद्धीकरणको आन्दोलन गर्नुभएको थियो। फुटबल विकासका निम्ति सुशासन र नीतिगत सुधार गर्ने वाचा थियो। नेतृत्वमा आउनुभएको एक वर्ष भएको छ। फुटबलमा के–के परिवर्तन गर्नुभयो?

एक वर्षको कार्यकाल संघर्षमय तरिकाले बित्यो। विशेषगरी एन्फालाई व्यवस्थित गर्ने काममा हामी लाग्यौं। 

संघ संस्थाहरू जबसम्म नियम कानुनमा चल्दैनन्, तबसम्म आफ्नो लक्ष्य र उद्देश्यमा पुग्न सक्दैनन भन्ने हाम्रो मान्यता हो। त्यसैले एन्फालाई व्यवस्थित गर्नका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को सुझाव अनुसार एन्फाको विधालाई संघीय संरचनामा लाने हाम्रो बाध्यता थियो। 

हामीले मस्यौदा समिति गठन गरेर भदौ २९ मा चितवनमा भएको साधारणसभाबाट अनुमोदन गर्यौं। त्यसपछि एएफसीमा पठायौं। एएफसीको विभिन्न कार्यक्रमका कारण तीन महिनापछि मात्र अनुमोदन भएपछि फिफालाई पठायौं। फिफाबाट ५ बुँदे संशोधनसहित प्राप्त भयो। जसलाई हामीले विराटनगरको साधारणसभाबाट अनुमोदन गर्यौं।

अर्कोतर्फ हामीले आर्थिक नियमावली चितवनमा भएको साधारणसभाबाट पास गरेका थियौं। कार्यविधि चैं विराटनगरमा भएको बैठकबाट पारित गर्यौं। आर्थिक कार्यविधि र नियमावली पूर्णरुपमा लागू भयो। 

कर्मचारी नियमावली बनायौं। नियमावली मात्र अपुग भएकाले एएफसीसँग समन्वय गरेर एन्फाको संरचना र स्टाफको हाते पुस्तक पनि बनायौं। हामीले कार्मचारी कार्यविधि पनि लागू गरेका छौं। कर्मचारीका लागि दरबन्दीहरु स्विकृत गरिसकेको छौं। केन्द्रीय, प्रदेश र जिल्ला स्तरको प्रशिक्षणको टिआरओ बनाइसकेका छौं। विदेशी टेक्निकल निर्देशक, रेफ्री निर्देशक र सिए क्वालिफिकेसन भएको फाइनान्स निर्देशक तुरुन्तै विज्ञापनमार्फत पदपूर्ति गर्दैछौं। रेफ्री प्रशिक्षक, प्रशिक्षकलाई प्रशिक्षण दिने काम गर्‍यौं। 

nimb
nimb
Ncell 2
Ncell 2

हामीले खेलाडी, प्रशिक्षक, जिल्लादेखि केन्द्रको क्लबलाई अनलाइनबाट दर्ता गर्ने काम सुरु गरेका छौं। फुटबल संघलाई स्मार्ट कार्यालय बनाउन हामी नयाँ सफ्टवेयर विकास गरिरहेका छौं। स्टोरमा पनि हामीले अनलाइन सिस्टम गरेका छौं। बार कोड प्रयोग गर्न सुरु गरेका छौं। 
पेस्की फर्छ्यौट समिति गठन गरेर पेस्की उठाउन काम गरिरहेका छौं।

खेलाडी र पादधिकारीको आचारसंहिता बनाउन मस्यौदा गरिरहेका छौं। यसरी हामीले सुशासनलाई बलियो बनाउन विभिन्न काम गरिरहेका छौं। 

 

आर्थिक र कर्मचारी नियमावली ल्याए पनि त्यो व्यवहारमा लागू गर्न नसकेको भनी आलोचना भइरहेको छ नि?

हामीले नियम बनाएको छौं। अब नियमविपरीत जानेलाई कारबाही पनि हुन्छ। निमय लागू गरेको छ कि छैन भनेर आलोचना गर्नुभन्दा यहाँ आएर हेर्नुपर्‍यो। अब नियमअनुसार कर्मचारी राख्छौं। जिल्ला प्रशिक्षक टिआरओ हुन्छ। पहिलोको जस्तो तरिकाले अब चल्दैन। जिल्ला फुटबल संघले हाजिरी प्रतिवेदन पठाएपछि मात्र हामीले तलब दिने व्यवस्था गरेका छौं। यसको मतलब के हो भने अब काम गरेको सबैले देख्नेछन्।

सुरुवात गरेका हौं। अहिले सबै कर्मचारीको सम्झौता पत्र तयार गर्दैछौं। त्यहाँ उनीहरूको काम स्पष्ट खुलाइदिएका छौं। कर्मचारीका लागि न्यूनतम सुविधा दिने काम हामी गर्छौं।

एन्फामा मानार्थ पदाधिकारीसहित दर्जन व्यक्तिलाई मनोनयनको आवश्यकता किन पर्‍यो?

तोकिएको भन्दा बढी मानार्थ र अन्य सदस्य नियुक्त गरेका छैनौं। हिजो मानार्थ अध्यक्ष र उपाध्यक्ष जति नियुक्त गरे पनि हुने व्यवस्था थियो। तर, अहिले व्यवस्थित गरेका छौं। कार्यसमितिले आवश्यक ठानेको खण्डमा बढीमा एक जना मानार्थ अध्यक्ष र बढीमा एक जना मानार्थ उपाध्यक्ष बाहेक अन्य मनोनयन गर्न सक्नेछैन भन्ने अबको विधानमा उल्लेख गरेका छौं। अब मानार्थ सदस्य हुने व्यस्था छैन।  

मनोनयमा पनि हामीले व्यवस्थित गरेका छौं। अब तीन जना उपाध्यक्ष मनोनयन गर्न पाउने व्यवस्था छ। हामीले एक प्रदेश एक सहायक महासचिवको आवधारणा अनुसार सात जना सहायक महासचिव बनाएका हौं। मानार्थ सदस्य हामीले ९ जनासम्म नियुक्त गर्ने व्यवस्था गरेका छौं। हामीले अहिले ७ जना मात्र मनोनयन गरेका छौं। 

फुटबल ठूलो छ। यसलाई सञ्चालन गर्न धेरै मानिस चाहिन्छ। त्यसैले नियुक्तिको विषयमा धेरै हाल्ला गर्न जरुरी छैन जस्तो लाग्छ। किनकि, हामीले तलब दिनेगरी नियुक्त गरेका होइनौं। आवश्यकता अनुसार नियक्त गरेका छौं।


निर्वाचन भएको एक वर्षपछि मात्र वरिष्ठ उपाध्यक्षको चयन भयो। किन ढिलाइ भएको हो?

निर्वाचित भएर आएपछि हामी काममा केन्द्रित भयौं। एक जना उपाध्यक्ष ज्यूले वरिष्ठ उपाध्यक्षको प्रस्ताव ल्याउनु भएको थियो। कार्यसमितिमा सकेसम्म सर्वसम्मत होस् भन्ने मेरो चाहाना थियो। चुनाव हुनु राम्रो भएपनि हाम्रोमा प्रजातान्त्रिक संस्कार कमी भएकाले केही समय रोकेकै हो।

मैले महिला साफ गेम्सपछि हुने कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने कुरामा समझदारी गराएको थिएँ। वरिष्ठ उपाध्यक्ष प्रस्ताव असन्तुष्ट साथीहरुकै अगाडि एजेन्डा बनाएर पठाएका हौं। सबैको सहमतिमा वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेका हौं। जसले असन्तुष्टि जनाउनुभएको छ उहाँले पनि पनि सार्वजनिक रुपमा बधाइ दिनु भएको छ। असन्तुष्टि बाहिर आउनु ठूलो मान्दिन। यो नै प्रजातान्त्रिक अभ्यास हो। तर, असन्तुष्टिको व्यवस्थापन चैं नेतृत्वले गर्न सक्नुपर्छ। 

एन्फा शुद्धीकरण अभियानमा तपाईंलाई साथ दिएका कतिपय व्यक्ति सन्तुष्ट छैनन्। अपेक्षाअनुसार काम हुन नसकेको हो?

कोहि असन्तुष्ट छ भने मसँग आएर कुरा गर्न सक्नुहुन्छ। त्यो असन्तुष्टिलाई पूरा गरिन भने मेरो दोष हो। बाहिर गएर असन्तुष्टि पोख्नु शुद्धीकरण अभियानमा लागेका साथीहरूको जिम्मेवारी हो जस्तो लाग्दैन। शुद्धीकरणमा लागेको मानिसले अझ शुद्धीकरणका लागि ठाउँमा आएर भन्नुपर्छ। त्यसपछि केहि निकास निस्कन्छ जस्तो लाग्छ। 

अर्कोतर्फ असन्तुष्टि मात्र व्यक्त गरेर भएन। असन्तुष्टिको कारण पनि चाहिन्छ। कुनै अनुहार मन पर्दैन भन्दैमा असन्तुष्टि व्यक्त गर्न मिल्दैन। हामी धेरै तत्व मिलेर चुनाव लडेका थियौं। सबैको आ–आफ्नो भूमिका छ। जुन–जुन तत्व चुनावमा सँगै लडेका थियौं त्यो पछिसम्म मिलेर जानुपर्ने हुन्छ। एकले अर्कोसँग रिसराग राख्ने काम गर्‍यो भने उद्देश्यमा पुगिँदैन। चित्त नबुझेको कुरा छ भने एकै ठाँउमा बसेर मन्थन, गन्थन, वादविवाद गरेर निचोडमा पुग्ने काम गर्‍यो भने शुद्धीकरणमा लागेको साथीहरूको साँच्चै शुद्धीकरण देखिन्छ। तर, पछाडि कुरा काटेर हिँड्न हुन्न। हिजो हामीले उठाएर गरेका काममा के कमीकमजोरी छ त्यो भन्नुपर्छ। 

हामीले हिजोकै व्यवस्थापनमा काम गर्ने जमर्को गर्यौं। हिलोमा पनि घर बनाउने कोसिस त गरेका छौं नि! हामीले जग बसाल्ने काम त गरेका छौं नि! त्यसलाई त मान्नु पर्‍यो नि। हिलोमा काम गरेपछि अलिअलि हिलो त लागिहाल्छ नि। नलागे पनि लागेको देख्न सकिन्छ।

एन्फामा नयाँ नेतृत्व आएदेखि अर्को पक्षले भ्रष्टाचार र अनियमिता भएको भनी उजुरी गरिरहेका छन्। तपाईंको प्रतिक्रिया के छ?

हामीलाई भ्रष्टाचार गरेको भन्दै अख्तियारले पत्र काट्यो। छानबिन पनि गर्‍यो। तर, हाम्रो केही कमजोरी भेटिएन।

पत्रकारज्यूहरूले भ्रष्टाचारको पत्र आएको त लेख्नुभयो। तर, छानबिन समितिको रिपोर्ट लेख्नुभएन। यसमा मलाई चित्त दुखेको छ। 

अर्कोतर्फ भ्रष्टाचारको आरोप लगाउँदैमा प्रमाणित हुँदैन। मेरो जीवनमा फुटबलको एक पैसाको  पनि जरुरी छैन। मलाई फुटबलबाट केही लिनु छैन। 

एन्फामा कतै अनियमिता हुन खोज्यो भने रोक्ने काम मेरो हो।  

अर्को कुरा हामीलाई  होटल भ्यू भृकुटीबाट कमिसन खाएको आरोप लाग्यो। त्यो पैसा कहाँ गयो? एन्फाकै खातामा आयो नि। हिजो उहाँहरूले घरमा लानु हुँदोरहेछ। हरियो चस्मा लगाउने हरियै देख्नुभयो।

यसअघि एन्फामा भएको अनियमिताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दा तामेलीमा छ। छानबिन अघि बढेको खण्डमा एन्फाको भूमिका के हुन्छ?

अख्तियारले छानबिन गरेको खण्डमा हामी सहयोग गर्न तयार छौं। हामी प्रशासन चलाउँदै पनि भ्रष्टाचारको विरुद्धमा लडिरहेका छौं। हामी भ्रष्टाचारीलाई सहयोग हुने काम गर्दैनौं। 

एएफसीको सदस्यमा उम्मेदवारी दिएर पनि फिर्ता लिनुपर्ने अवस्था कसरी आयो? विदेश सम्बन्धमा एन्फा कमजोर भएको हो?

हामीले दक्षिण एसिया र एएफसीमा राम्रो सन्बन्ध बनाइरहेका छौं। एएफसीको कार्यसमितिमा नेपालले पनि उम्मेदवारी दिएको थियो। त्यसपछि दक्षिण एसियाका पदाधिकारी बैठक गरेर सार्क राष्ट्र समझदारीमा अघि बढ्ने निर्णय गरेका थियौं। हामी दक्षिण एसियामा एकढिक्का हुनेमा सहमत भयौं। यो प्रस्ताव मैले नै राखेका हो। हामी सार्क राष्ट्रका उम्मेदवार निर्विरोध होस् भन्ने चाहान्थ्यौं। यसको क्राइटेरिया पनि बनाएका थियौं। जहाँ सिनियर व्यक्ति फिफामा जाने। त्यसपछि एएफसी र साफमा जाने बनाएका थियौं। दक्षिण एसिया एक भएको कारणले स्वाप पनि विघठन भएको हो। 

दक्षिण एसियामा श्रीलंकाका प्रतिनिधि र म जुनियर पर्‍यौं। त्यसैले हामी दुवैले उम्मेदवारी फिर्ता गरेका हौं। 

एएफसीको समितिमा अहिलेसम्म नेपालको प्रतिनिधित्व हुन सकेको थिएन। यसपटक नेपालबाट तीन जना एएफसीको समितिमा मनोनयम हुनुभएको छ। नेपालको हितमा गिभ एन्ड टेक गरेका हौं। अर्कोतर्फ दक्षिण एसियामा खेलाडीको कोटा राख्ने कुरा सैद्धान्तिक रुपमा सहमत गराउन सफल भएका छौं। दक्षिण एसियाली स्कुल प्रतियोगिता गर्ने पनि कुरा भएको छ। 

साफको बैठकमा एन्फाले राखेको प्रस्ताव फेल भएको कुरा आएको छ। वास्तविकता के हो?

यो बिल्कुल गलत कुरा हो। साफ बैठमा हाम्रो प्रस्ताव फेल भएको छैन। साफले प्रेस विज्ञप्ति निकालेको छैन। साफको प्रवक्ताले बोल्नुभएको पनि छैन। त्यतिकै प्रस्ताव फेल भएको भन्न मिल्दैन।

साफको स्ट्याचु प्रजातान्त्रिक छैन। त्यहाँ अविश्वासको प्रस्ताव राख्ने व्यवस्था नै छैन। त्यसैले फिफा र एएफसी जस्तै साफको स्ट्याचुमा पनि अविश्वासको प्रस्ताव राख्न मिल्ने व्यवस्था गर्न प्रस्ताव गरेका हौं।

हामीले यो पास हुन्छ भनेर राखेका पनि होइनौं। प्रस्ताव म्याचुअर हुनका लागि ३० दिन लाग्थ्यो। तर, हामीले साफको मिटिङ हुनु केहि दिनअघि मात्र स्ट्याचु पढ्दा अविश्वासको प्रस्ताव नभएपछि सशोंधन राखेका हौं।

अर्को प्रस्ताव हामीले प्रतिस्थापनमा पनि राखेका छौं। जो नेतृत्वमा आउँछ त्यो नै साफमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। किनभने साफको लिडरसिपले एउटा निर्णय गर्छ। अनि सदस्य राष्ट्रले अर्कै निर्णय गर्दा राम्रो हुन्न नि।

साफको निर्णयको माइन्युट हामीलाई आएको छ। जहाँ हाम्रो प्रस्ताव दर्ता भएको भन्ने छ। फेल भयो भन्ने लेखेको छैन। जसले फेल भएको भन्ने संकेत गरेको छ, उसले पनि खुला रुपमा भन्न सकेको छैन। 

आगामी एक वर्षमा एन्फाले कस्ता कार्यक्रम ल्याउँदै छ?

हामी रेलिगेशनसहितको सहिद स्मारक ए डिभिजन लिग गर्छौं। यस्तै जिल्ला, प्रदेश, राष्ट्रिय लिग छनोट र राष्ट्रिय लिग हुन्छ। 

स्कुल प्रतियोगितातर्फ जिल्ला, प्रदेश र केन्द्रीय प्रतियोगिता गर्छौं।  महिला लिगको खाका तयार गरिँदै छ। महिला लिगलाई पनि व्यवस्थित गर्छौं।

विश्वकप र एसिया कप छनोट प्रतियोगिताको राम्रो तयारी गर्छौं। 

यस्तै उमेर समूहका प्रतियोगिता गर्दैछौं। १० वर्षपछि यु–१३ का ५२ जना बच्चाहरूका लागि एकेडेमी सञ्चालन गर्दैछौं। खेलाडी छनोटका लागि हामीले नयाँ प्रविधि प्रयोग गर्यौं। हामीले वास्तविक उमेर र मेडिकल स्कृनिङ गर्यौं। बढी उमेर हुने र दीर्घ रोग हुने अवस्था हटेको छ। अब नेपालले उमेर समूहको प्रतियोगिता खेल्दा जिते पनि जरिवाना तिर्नु पर्दैन भन्नेमा हामी ढुक्क छौं। 

अब  ४५ जिल्लामा ट्रेनिङ सेन्टर बनाउने अभियानमा छौं। यसपटक कम्तिमा पनि १० देखि १५ जिल्लामा बनाउनेछौं। 

अघिल्लो वर्ष हामीले ग्रासरुट कार्यक्रम गर्यौ। अब हामी ग्रासरुट लिग गर्दैछौं। ग्रासरुट कार्यक्रमले फुटबलमा क्रान्ति गरेको छ। महिला टेक्निकल सेन्टर अब आउने वर्ष उद्घाटन हुन्छ। पोखरामा पनि टेक्निकल सेन्टर बनाउँदैछौं। सबै लिग खेल्ने क्लबलाई कम्तिमा पनि प्रशिक्षण गर्ने आफ्नै मैदान दिलाउन हामी काम गरिरहेका छौं।

मोफसलको प्रतियोगिता व्यवस्थित बनाउनका लागि ए डिभिजन क्लब र जिल्लाबीच छलफल कार्यक्रम पनि गर्दैछौं। हामी चाँडै मोफसल प्रतियोगिताको क्यालेन्डर सार्वजनिक गर्छौं। 

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  ०६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्