जनकपुर– ढल्केवर सडकखण्डमा शनिबार बिहान ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ढल्केबरबाट जनकपुर आइरहेको ज१ त३५३० नम्बरको उक्त ट्रयाक्टरले विपरीत दिशातर्फ गइरहेको ज१२प५०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक मिथिला नगरपालिका ७ का ३२ वर्षीय लक्ष्मण यादवको मृत्यु भएको धनुषा ट्राफिकले जनाएको छ।
उनको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।