काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बायोपिक फिल्म शुक्रबारबाट रिलिज भयो।
फिल्मको ओमंग कुमारले निर्देशन गरेका हुन्।
फिल्ममा विवेक ओबराय प्रम मोदीको चरित्रमा छन्। फिल्मको व्यापार फाइदाजनक रहेको छ।
भारतीय लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक ताका फिल्म रिलिज हुनाले फिल्मले अझै राम्रो व्यापार गर्ने निर्माण टिमको बुझाइ छ।
व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिनमै २.८८ करोडको कमाइ गर्यो। तरणले भनेका छन्, 'फिल्म बिहानैदेखि सुरु भयो। तर, साँझमा फिल्मले निकै राम्रो कारोबार गर्यो।'
फिल्मलाई लिएरै निकै विवाद समेत भएका छन्। यसको रिलिज मिति धेरैपल्ट बदलिएको थियो। फिल्मको सुरुमा अप्रिलमा रिलिज गरिने बताइएको थियो। तर, विपक्षको विरोधका कारण अप्रिलमा रिलिज हुन पाएन। विपक्षीहरूका अनुसार यस फिल्मले चुनाव आचार संहिता उल्लंघन गर्ने थियो।
त्यसकारण चुनावअवधिभर फिल्म रिलिज हुन सकेन। त्यसपछी फिल्मलाई २४ मेमा रिलिज गरियो। जुन , लोकसभा चुनावकझ रिजल्टको एकदिन पछि। हालै सम्पन्न भएको लोकसभा चुनावमा पिएम मोदीले ऐतिहासिक जित हासिल गरे।
यस्तो छ फिल्मको कहानी
फिल्मको कहानी मोदीको चिया बेच्नेदेखि लिएर देशको सेवा गरून्जेलसम्म अर्थात प्रधानमन्त्री बनुन्जेलसम्मको संघर्ष देखाइएको छ। फिल्मको कहानी अन्त २०१४ मा नरेन्द्र मोदीको पिएम पदको सपथ लिएको दृश्यपछि हुन्छ।
फिल्ममा जरिना बमहव, बरखा सेनगुप्ता, बोमन इरानी, मनोज जोशी, राजेन्द्र गुप्ता लगायतका कलाकार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।