काठमाडौँ- स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले जनतासँग गरिएको प्रतिबद्धता अनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरेको छ।
स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जनतासँग गरिएको प्रतिवद्धता पूरा नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन सरकारसँग माग गरेको हो।
काम नगर्ने तर पदमा रहिरहने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरिएको अभियानका संयोजक स्वागत नेपालले जानकारी दिए।
अभियानले स्रोत नखुलेको नेताहरुको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ। 'नयाँ भन्ने तर पूरानै तौरतरिकाले चलेर मुलुक नबन्ने उल्लेख गर्दै अभियानका संयोजक नेपालले त्यस्ता राजनीतिक दलहरुको विकल्प खोज्न सर्वसाधारणलाई अपिल पनि अपिल गर्दछु,' उनले भने।
अभियानले संघीयताका नाममा दोहोरो कर लगाएर जनतालाई मारमा नपार्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।