अछाम- जिल्लाको ढकारी गाउँपालिका-४ मा ७ घर जलेर नष्ट भएका छन्। गएराती नल पोल्नका लागि बालिएको आगो हावाले उडाएपछि घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष भक्तबहादुर बुढा सहित ईन्द्र बुढा, मीनबहादुर बुढा, न्यानु बुढा, धर्म बुढा जोगी बुढा, रूजा बुढालगायतका घर जलेका हुन्।
स्थानीय प्रेम बुढाले दिएको जानकारी अनुसार मीन बुढाको घरबाट सुरु भएको आगोले सात घर पुर्ण रुपमा जलेका छन् भने घरको गोठमा रहेका सबै पशु चौपाया जलेका छन्।
मीनबहादुरको घर नजिक बारीमा झारपात जलाउन बालेको आगो घरमा सल्किएको अनुमान स्थानीयले गरेका छन्।
आगलागी शनिबार बिहान नियन्त्रणमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।