काठमाडौँ- पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ। उनको नेपाल मेडिसिटी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।
एक सय वर्षीय खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि हुने पारिवारिक स्रोतले बताएको छ।
खत्री नेपालका छैठौँ प्रधानन्यायाधीश हुन्। उनले २०३३ साल साउन २४ गतेदेखि २०४२ साल मंसिर २५ गतेसम्म न्यायपालिकाको नेतृत्व सम्हालेका थिए।
उनी मानव अधिकार आयोगका पूर्व अध्यक्ष पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।