काठमाडौं- फिल्म निर्माता करण जोहले आइतबार जन्मदिन मनाउँदै छन्। तर यसको तयारी भने शुक्रबारदेखि नै सुरू भइसकेको छ।
बलिउडका धेरै कलाकारले समेत उनको जन्मदिन भव्य रुपमा मनाउने गरी तयारीमा जुटिसकेका छन्। यति मात्र होइन उनका फ्यान फलोअरलाई पनि उनको जन्मदिन चासोको विषय बनिदिएको छ।
आइतबार ४७औँ मनाउन लागेका जोहर फिल्म निर्माता मात्र नभएर निर्देशक समेत हुन्।
करण जोहरले कसरी जन्मदिन मनाउँदै छन् भन्ने भारतीय संचारमाध्यमलाई गतिलो मसला बनिदिएको छ।
जोहर वलिउडका सफल निर्माता मानिन्छन्। गत वर्षमात्र उनले सिम्बा, धडक र राजी गरी ३ फिल्म बनाएका थिए। यी तिनै फिल्मले बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।