लन्डन- बेलायती प्रधानमन्त्री थेरसा मेले पदबाट राजीनामा दिने भएकी छिन्। नयाँ प्रधानमन्त्रीका लागि स्थान खाली गर्न उनले आगामी जुन ७ मा उनले कन्जरेभेटिभ पार्टी नेताबाट राजीनामा गर्ने घोषणा गरेकी हुन्। कन्जरेभेटिभ पार्टीको नयाँ नेतृत्वमा आउने व्यक्ति नै बेलायतको भावी प्रधानमन्त्री बन्नेछन्।
आज लन्डनस्थित डाउनिङ स्ट्रिटमा भावुक भाषण गर्दै उनले आफ्नो कार्यकालमा युरोपेली युनियनबाट बाहिरिने सम्बन्धमा सन् २०१६ मा भएको जनमतसंग्रहअनुसार आफ्नो क्षमताले भ्याएसम्म राम्राे गर्न सकेको दाबी गरेकी छिन्। तर, युरोपेली युनियनबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) लाई भने कार्यान्वयनमा ल्याउन नसकेकोमा गहिरो दुःख व्यक्त गरेकी छिन्।
ब्रेक्जिटलाई निचोडमा पुर्याउन ३ पटकसम्म संसदमा प्रस्ताव पेस गरे पनि आफू असफल भएको उनको भनाइ थियो।
प्रधानमन्त्री मेले नयाँ प्रधानमन्त्री देशको अधिकतम चाहना रहेको बताएकी छिन्। उनले कन्जरभेटिभ पार्टीको प्रमुख पदमा नयाँ नियुक्ति नहुँदासम्म आफू प्रधानमन्त्री पदमै रहने स्पष्ट पारेकी छिन्। उनले आफ्नो कार्यकालमा छिमेकी तथा अन्य राष्ट्रहरुसँग राज्यको हितमा रहनेगरी काम गरेको बताएकी छिन्। शान्ति तथा सुरक्षाका ममिलामा पनि आफू दृढ रहेको उनको भनाइ थियो।
मेले आगामी जुन ७ मा दलको प्रमुख पदबाट राजीनामा दिएपछि मात्रै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुनेछ।
'म छिट्टै पदबाट राजीनामा दिनेछु, यो पदमा रहनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। म प्रधानमन्त्री पदमा रहने दोस्रो महिला प्रधानमन्त्री बनें। तर, यो नै महिलाको रुपमा अन्तिम प्रधानमन्त्रीको कार्यकाल हुनेछैन।,' उनले आफ्नो भाषण सामाप्त गर्दै भनिन्, 'म कुनै पछि इच्छा निरोगी मानसिकताका साथ गर्न चाहन्छु। तर, म जुन देशलाई माया गर्छु त्यो देशमा सेवा गर्न पाउनु मेरो सौभाग्य हो। म सबैसँग आभार प्रकट गर्दछु।'
भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।