जनकपुर- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० प्रयागपुर चोकमा गएराति बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार २२ जना घाइतेमध्ये ८ को अवस्था गम्भीर छन्।
झापाको भद्रपुरबाट काठमाडौं जाँदै गरेको ना ८ ख ९८२ नम्बरको प्राइम बस र विपरीत दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए।
बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको स्थानीयहरुको भनाइ छ।
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय राम विक छन् भने ट्रक चालकको नाम खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।