काठमाडौं– बिहारमा प्राधानमन्त्री नरेन्द्र मोदीको लहर यसरी चल्यो कि ६ वटा पार्टीको महागठबन्धन त्यही लहरमा हरायो।
भारतीय जनता पार्टी (भाजपाए) नेतृत्वको एनडिएले ४० सिटमध्ये ३९ सिटमा जितेर इतिहास रचेको छ। आरजेडी, कांग्रेस, रालोसपा, हम, विआइपी र सिपीआइएमको गठबन्धनलाई केवल एक सिटमा मात्रै सन्तोष मान्नुपर्यो।
सन् १९९७ मा आरजेडीको स्थापनापछि यस्तो भएको यो पहिलो पटक हो। लालु प्रसाद यादवको पार्टीले लोकसभा चुनावमा खाता पनि खोल्न सकेन।
‘मोदी म्याजिक’ र नीतिश कुमारको कामले यस्तो काम गर्यो कि एनडिएको खातामा ४० मध्ये ३९ सिट पर्यो। बिहारको एक मात्र क्षेत्र किशनगंजबाट कांग्रेसले जितेको छ।
प्रदेशमा यस्तो प्रकारको लहर इन्धिरा गान्धीको संकटकाल विरुद्ध र सन् १९८४ उनको हत्यापछि जागेको सहानुभूतिमा देख्न पाइएको थियो।
जुन वाहालवाला सांसदले चुनाव लडे उनले सन् २०१४ को चुनावको दाँजोमा यसपाली कंयौं गुणा बढी मतले जित हासिले गरे।
यसको मतलब यो होइन कि जनता सांसदसँग खुसी थिए। तर, यसका पछाडि मोदीको ‘म्याजिक’ थियो।
यो चुनावमा एनडिएको गठबन्धनमा बलियो तालमेल देख्न पाइयो। मुख्य मन्त्री नीतिश कुमारले चुनावमा बेला १ सय ७१ जनसभा गरे, जसमा प्रधानमन्त्री नरेन्द्र मोदी ८, उपमुख्य मन्त्री सुशील मोदी २३ र केन्द्रीय मन्त्री रामविलास पासवान २२ सभामा सहभागी भएका थिए।
मुख्यमन्त्री नीतिश कुमारले यो जितले आफ्नो जिम्मेवारी अझै बढाइदिएको बताएका छन्।
तर, महागठबन्धनको ताकत धरातलमा देखिएन। देखिँदा चाहिँ यो बलियो जस्तो देखिएको थियो तर, यसमा बलियो तालमेलको अभाव देखियो।
चुनाव प्रचारका बेला कांग्रेस अध्यक्ष राहुल गान्धी र आरजेडीका तेजस्वी यादवको संयुक्त र्याली धेरै समय चलेको थियो। जातीका आधारमा मत ध्रुवीकरण गर्ने कोसिस काम लागेन।
महागठबन्धनलाई यो चुनावमा आरजेडी अध्यक्ष लालूप्रसाद यादवको कमी महसुस भयो। पूरै चुनाव प्रचारका बेला तेजस्वी यादवको कुशल नेतृत्वको अभाव देखियो।
सन् २०१४ को मोदी लहरका बेला पनि यादवको दल आरजेडीले ४ सिटमा जित्न सफल रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।