काठमाडौं- सात चरणमा भएको १७औँ लोकसभा चुनावको नतिजा आउने क्रम जारी छ।
नेपाली समयअनुसार बिहिबार रातको १० बजेर ५५ मिनेटसम्ममा कुल ५४३ सिटमध्ये २ सय ४७ सिटको नतिजा प्राप्त भइसकेको छ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको एनडिएले १ सय ९० सिटमा विजय हासिल गरेको छ।
मतगणना जारी रहेका सिटमध्ये भाजपा नेतृत्वको एनडिएले अन्य १ सय ५८ स्थानमा अग्रता कायम गरिरहेका छ।
भारतीय जनता पार्टीबाट प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा अध्यक्ष अमित शाह लगायतका नेताले विजय हासिल गरिसकेका छन्।
उता कांग्रेस नेतृत्वमा रहेको युपिए भने यो निर्वाचनमा पनि कमजोर देखिएको छ। उसले हालसम्म ४३ सिटमा विजय हासिल गरेको छ भने अन्य ४६ सिटमा अग्रता कायम राखेको छ।
यी दुबै गठबन्धनमा आबद्ध नरहेका दलले भने २९ स्थानमा विजय हासिल गरेका छन्। सो समूहका दलले ७६ स्थानमा अग्रता कायम राखेको छन्।
बाँकी सिटको नतिजा सार्वजनिक हुने क्रम जारी छ।
यो सँगै भाजपाले पुनः सरकार बनाउने निश्चित भएको छ। यो भाजपाको दोस्रो पटक केन्द्रीय सत्ता आरोहण हुनेछ। नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।