कैलाली- कैलाली प्रहरीले सुस्त मनस्थितिकी अपांग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
गौरीगंगा नगरपालिका-५ बस्ने ७० वर्षीय रामलाल विकलाई जबरजस्ती गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
विकले २० वर्षिया बोल्न नसक्ने, सुस्त मनस्थिति, अपाङ महिलालाई ललाई फकाई लगि करणी गरेको कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए।
विकविरुद्ध जबरजस्ती करणी मुद्दामा कैलाली जिल्ला अदालत धनगढी, कैलालीवाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।