काठमाडौँ- भारतीय राष्ट्रिय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीले ५ लाखभन्दा बढी मत ल्याएर चुनाव जितेकी छन्। भारतको उत्तर प्रदेश रायबरेलीबाट सोनिया गांधीले ५ लाख ३४ हजार ९ सय १८ मत प्राप्त गरिन्।
उनका निकटतम प्रतिस्पर्धी भारतीय जनता पार्टीका दिनेश सिंहले ३ लाख ६७ हजार ७ सय ४० मत प्राप्त गरे।
सोनिया गांधीले १ लाख ६७ हजार १ सय ७८ मतान्तरले विजयी घोषित भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।