जनकपुर- जनकपुर रत्नसागर मठका महन्त बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
सांस्कृतिक विश्वविद्यालयअन्तर्गत जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गरेको मुद्दामा बिहिबार उच्चले सो आदेश दिएको हो।
सरकारी कागज कीर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले उनलाई १५ लाख रुपैयाँमा धरौटीमा रिहा गरेको थियो।
यसैबीच केही महिनाअघि सर्वोच्च अदालतले बैकुण्ठ दासको महन्त पदवी नै खारेज गरिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।