दाङ- रोल्पाका दुई युवायुवती दाङको एक जंगलमा बेवारिसे अवस्थामा फेला परे। दाङको घोराही उपमहानगरपालिका–१६ मा रहेको रातामाटास्थित शितल सामुदायिक वनमा फेला परेका उनीहरुलाई प्रहरीले हतार हताप अस्पताल पुर्याउने प्रयासमा जुट्यो। युवतिलाई अस्पताल पनि पुर्यायो प्रहरीले। उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
तर युवकको भने अस्पताल लैजाने क्रमममा नै मृत्यु भयो।
बेवारिसे फेला परेका युवक रोल्पा सुनिल स्मृति गाउँपालिका–८ का १८ वर्षीय राजेश घर्ती रहेको प्रहरीले जानकारी दिएको छ। युवति भने सोही ठाँउकी १७ वर्षीय गीता केसी रहेका छन्।
वनका चौकीदारले जंगलक्षेत्रमा छटपटाई रहेको अवस्थामा उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए।
उनीहरूले विषादी सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको नायव उपरीक्षक शाहले बताए।
युवकको मृत्युको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।