काठमाडौँ- चुनावी हार नजिकै पुगेपछि विपक्षी राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पराजयलाई स्वीकार गरेका छन्। उनले जितका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई समेत दिएका छन्।
‘म भारतीय जनताको आदेश स्वीकार गर्छु,’ ट्वीटरमा गान्धीले भनेका छन्, ‘विजेता, मोदी, र एनडीएलाई बधाई। मलाई संसद् सदस्यका रुपमा निर्वाचित गर्ने वायनाडका जनतालाई धन्यावाद। अमेठीका जनतालाई पनि धन्यवाद। यो अभियानमा कडा परिश्रमका लागि कांग्रेस कार्यकर्ता र नेताहरुलाई धन्यवाद।’
.png)
जारी १७औं भारतीय लोकसभा निर्वाचनको मत गणनामा मोदीको दल भाजपाले बहुमत स्थानमा अग्रता लिएको छ भने उनको गठबन्धन नेसनल डेमाक्रेटिक अलायन्स(एनडीए) करिब ३४४ स्थानमा अघि छ।
कांग्रेस नेतृत्वको यूनाइटेड प्रोगेसिभ अलायन्स(यूपीए)भने करिब ८३ स्थानमा मात्रै अघि रहेको छ।
५४३ सदस्य रहेको भारतीय तल्लो सदन लोकसभामा बहुमतका लागि २७२ ल्याउनु पर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।