काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्यान्लडबाट ‘चौकीदार’ शब्द हटाएका छन्।
१७औं लोकसभा चुनावमा मोदीको दल भारतीय जनता पार्टी विजय उन्मुख भइरहेका बेला मोदीले सो शब्द हटाएका हुन्।
उनले अब चौकीदारको भावनालाई अर्को तहमा लैजाने बेला आएको बताएका छन्।
‘अब चौकीदार भावना अर्को तहमा लैजाने बेला आएको छ,’ ट्वीटरबाट उक्त शब्द हटाउँदै मोदीले लेखेका छन्, ‘प्रत्येक क्षणमा यो भावना कायम राखौं र भारतको प्रगतिका लागि निरन्तर काम गरौं। ट्वीटरको नामबाट चौकिदार शब्द हटेको छ तर यो मेरो अभिन्न भाग रहन्छ। तपाईंहरु सबैलाई पनि यस्तै गर्न आग्रह गर्छु।’
गत मार्च १६ मा मोदीले ‘म पनि चौकिदार’ अभियान सुरु गरेका थिए। विपक्षी कांग्रेसले भने चुनावी प्रचारका दौरानमा मोदी विरुद्ध ‘चौकिदार चोर हुन’ भन्ने अभियान चलाएको थियो।
प्रधानमन्त्री मोदीसँगै भाजपाका अन्य धेरै नेताले चुनावी अभियानमा सहयोग पुर्याउन चौकिदार शब्दलाई आफ्नो ट्वीटर ह्याण्डिलमा जोडेका थिए।
गत मार्च २० मा मोदीले ‘अभिडयो कन्फ्रेसन्स’ मार्फत् २५लाख भन्दा बढी चौकीदारलाई सम्बोधन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।