काठमाडौँ- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१) विजय अगावै प्रधानमन्त्री ओलीको मोदीलाई बधाई, ऐतिहासिक जितका लागि भन्दै बधाई दिने ओली पहिलो सरकारप्रमुख
२) मानव अधिकार आयोगसम्बन्धी ऐन संशोधनमा सरकारको नियतमै खोट, मुद्दा चलाउने कुरा महान्यायाधिक्ताको इच्छामा छोडिदा आयोग ’दाँतबिनाको बाघजस्तो’ हुने तर्क
३) नेपाल एयरलाइन्सको झन्डै एक करोड डुबाएर पाइलट आङनुरीले दिए राजीनामा, ४ वटा वाई–१२ जहाज अनिश्चितकालका लागि ग्राउन्डेड
४) आन्तरिक विवादले अस्तव्यस्त खेलकुद विकास समिति सप्तरी, प्रमुखको कार्यकक्षमा ताला, नेकपाका केन्द्रीय नेताको प्रयास पनि असफल
५) र, भारतीय लोकसभाः मोदीको पक्षमा चुनावी लहर, पाँच वर्षअघिभन्दा धेरै सिट जित्ने सम्भावना, कांग्रेसको निराशाजनक अवस्था
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।