काठमाडौँ- भारतीय लोकसभा चुनावमा बहुमतिसहित बिजय नजिक पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण एसियाली सहयोग संगठन(सार्क) क्षेत्रका नेताहरुले बधाई दिएका छन्।
१७ औं लोकसभा चुनावको जारी मत गणनामा मोदीको दल भारतीय जनता पार्टी एक्लैले बहुत क्षेत्रमा अग्रता लिइरहेको छ ।
श्रीलंकाका प्रधानमन्त्री रणवील विक्रमासिङ्घेले ट्वीट मार्फत मोदीलाई बधाई दिएका छन्। ‘विशाल जितका लागि नरेन्द्र मोदीलाई बधाई,’ उनले लेखेका छन्, ‘तपाईंसँग नजिकै रहेर काम गर्न हामी आतुर छौं ।’
नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई अग्रिम बधाई दिँदै आगामी दिनमा मादीसँग काम गर्न इच्छुक रहेको बताएका छन्। ‘आगामी दिनमा तपाईंसँग निकै नजिकमा रहेर काम गर्नेछुु,’ ट्वीटरमा दिएको बधाई सन्देशमा भनिएको छ।
त्यस्तै अफगानी राष्ट्रपति असरफ घानीले पनि मोदीलाई बधाई दिएका छन् । ‘अफगान सरकार र यहाँका जनता दुई प्रजातन्त्रबीच सहकार्य विस्तार गर्न इच्छुक छन्।’
भुटानका राजा जिग्मे वाङचुकले पनि मोदीलाई बधाई दिएका छन् ।
सार्क क्षेत्रका नेताका अलवा मोदीलाई चीन, रुस, इजरायलका राष्ट्रपतिले पनि बधाई दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।