दाङ– रोल्पाका दुई युवा युवती दाङको जंगलमा बेवारिसे अवस्थामा फेला परेका छन्।
दाङको घोराही उपमहानगरपालिका–१६ मा रहेको रातामाटास्थित शीतल सामुदायिक वनमा दुई युवा युवती बेवारिसे अवश्थामा फेला परेको प्रहरीले जनाएको छ।
बेवारिसे फेला पर्नेहरूमा रोल्पा सुनिल स्मृति गाउँपालिका–८ का १८ वर्षीय राजे घर्ती र सोही ठाउँकी १७ वर्षीया गीता केसी रहेका छन्।
वनका चौकीदारले जंगलक्षेत्रमा छट्पटाइरहेको अवस्थामा उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले बताए।
उनीहरूले विषादी सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
युवक घर्तीको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेकाे प्रहरीले जनाएको छ। अचेत अवस्थामा रहेकी केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।