काठमाडौँ- भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन्। उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन्।
विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर चुनाव जितेकी हुन्।
मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन्।
मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।