नयाँदिल्ली- भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले जित हात पारेका छन्। शाहले गान्धीनगरबाट लोकसभा निर्वाचनमा जित हात पारेका हुन्।
यसअघि वाराणासीबाट भाजपाका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले जितको खाता खोलेका थिए।
भाजपा नेतृत्वको गठबन्धन बहुमततर्फ अग्रतामा देखिएको छ। शाहले आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो अन्तरले हराएका छन्। शाह पहिलोपटक चुनावी मैदानमा आएका थिए। उनका विरुद्ध कांग्रेसका स्थानीय विधायक सी जे चावडालाई आफ्नो प्रत्यासी बनाएको थियो। सन् २०१४ को आम चुनावमा बिजेपीका पूर्वअध्यक्ष लालकृष्ण आडवाणीले सोही क्षेत्रबाट चुनाव जितेका थिए। परम्परागत रुपमा यो क्षेत्रलाई बिजेपीको गढ मानिन्छ।
यस पटक शाहले आडवाणीको रेकर्ड समेत तोडेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।