काठमाडौँ- बिहारको बेगुसराय निर्वाचन क्षेत्रबाट चुनाव लडेका कन्हैया कुमारले चुनाव हारेका छन्।
उनी भारतीय जनता पार्टीका उम्मदेवार गिरिराज सिंहसँग पराजित भएका छन्।
जहवारलाल नेहरु विश्वविद्यालय विद्यार्थी संगठनका पूर्व अध्यक्ष समेत रहेका उनी भारती कम्युनिष्ट पार्टी (सीपीआई)बाट निर्वाचन लडेका थिए।
भारतीय सरकारी न्युज च्यानल डिडी न्युजका अनुसार भाजपाका गिरिराज सिंहले ६ लाख ३ हजार ५ सय ५२ मत ल्याएका छन् भने सिपिआइका कन्हैया कुमारले २ लाख ३६ हजार १ सय ३३ मत ल्याएका छन्।
मोदीका कटु आलोचक उनको चुनावी दौरानका क्रममा निकै चर्चा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।