काठमाडौं– लोकसभा चुनावको जारी मतगणनामा दिल्लीका सबै ७ लोकसभा सिटमा बिजेपीले अग्रता लिएको छ।
आम आदमी पार्टीको अवस्था पहिले बलियो रहेको थियो भने अहिले तेस्रो स्थानमा छ।
दिल्लीको पूर्वी लोकसभा सिटमा भाजपा उम्मेदवार गौतम गम्भीरले अग्रता लिएका छन्। त्यहाँ कांग्रेस उम्मेदवार अरविन्दर सिंह लवली उनलाई पच्छ्याइरहेका छन्।
दिल्लीको पश्चिमी लोकसभा सिटमा भाजपा उम्मेदवार प्रवेश सिंह बर्मा नै अघि छन्। त्यहाँ कांग्रेसका महाबल मिश्रा उनलाई पछ्याइरहेका छन्। त्यहाँ आम आदमी पार्टी तेस्रो स्थानमा छ।
दक्षिण लोकसभा सिटमा पनि भाजपा उम्मेदवार रमेश बिधूड़ी अघि छन्।
दिल्लीको उत्तर पूर्वी लोकसभा सिटमा पनि भाजपा उम्मेदवार मनोज तिवारी पहिलो स्थान छन् भने तेस्रो स्थानमा आम आदमी पार्टी छ।
दिल्लीको उत्तर पश्चिमी लोकसभामा पनि भाजपाकै उम्मेदवार हंसराज हंस पहिलो स्थानमा छन्।
नयाँ दिल्ली लोकसभा सिटमा भाजपा उम्मेदवार मीनाक्षी लेखी पहिलो स्थान छिन्।
त्यस्तै दिल्लीको चादनी चोक लोकसभा सिटमा भाजपा उम्मेदवार हर्षवर्धन पहिलो स्थानमा छन्।
सन् २०१४ को लोकसभा चुनावमा दिल्लीका सबै ७ क्षेत्रमा भाजपाले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।