• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय लोकसभाका दर्जन चुनावी क्षेत्र : जहाँ अडेको छ सबैको नजर

64x64
नेपाल लाइभ बिहीबार, जेठ ९, २०७६  १२:३१
1140x725

काठमाडौं- गत ११ अप्रिलमा सुरु भएको १७औं भारतीय लोकसभा चुनावको आज मत गणना भइरहेको छ। जम्मा ५४३ निर्वाचन क्षेत्र रहेकामा यसपालि ५४२ क्षेत्रमा चुनाव भएको हो। ७ चरणमा भएको चुनावका लागि ८ हजार ४० उम्मेदवार मैदानमा उत्रिएका थिए।

आज तिनै ८ हजार ४० उम्मेदवारको भाग्यको फैसला हुँदै छ। तीमध्ये  यी १२ चुनावी क्षेत्रमा सबैको नजर गढेको छ, किनकि यहीबाट चर्चित र प्रभावशाली उम्मदेवार चुनावी मैदानमा उत्रिएका छन्।

उत्तर प्रदेश
वाणारसी


सन् २०१४ को आमचुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टीका अरविन्द केजरीवाललाई ३ लाखभन्दा बढी मतले हराएका थिए। यसपटक मोदी फेरि यही क्षेत्रबाट चुनाव लडेका छन्। उनका विरुद्ध भारतीय राष्ट्रिय कांग्रेसले अजय राय र सपा-बसपा-रालोद गठबन्धनले शालिनी यादवलाई उठाएको छ। 

मथुरा


सन् २०१४ को चुनावमा बलिउड अभिनेत्री हेमा मालिनी यही  क्षेत्रबाट चुनाव लडेकी थिइन्। भारतीय जनता पार्टी (बlजेपी) बाट लडेकी उनले चुनाव जितेर सांसद बनेकी थिइन्। उनले राष्ट्रिय लोकदल प्रमुख अजित सिंहका छोरा जयन्त चौधरीलाई पराजित गरेकी थिइन्। 

हेमा मालिनी फेरि यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी छिन्। यस पटक सपा-बासपा-रालोद गठबन्धनले यहाँ बिजेपीलाई रोक्नका लागि कुवर नरेन्द्र सिंहलाई मैदानमा उतारेको छ। कांग्रेसले भने महेश पाठकलाई उठाएको छ। 

लखनऊ

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय गृहमन्त्री राजनाथ सिंह यही क्षेत्रका वर्तमान सांसद हुन् र यसपटक पनि उनी यहीँबाट बिजेपी उम्मेदवार बनेका छन्। उनका विरुद्ध सपा-बसपा गठबन्धनले फिल्म अभिनेता शत्रुघ्न सिन्हाकी पत्नी पुनम सिन्हालाई टिकट दिएको छ। उनी पहिलो पटक चुनाव लडिरहेकी छिन्। 

अमेठी


सन् २००४ को चुनावमा यो क्षेत्रबाट कांग्रेसका अध्यक्ष राहुल गान्धी सांसद बनेका थिए। दुई पटक बाहेक यो क्षेत्रमा कांग्रेसले  लगातार चुनाव जितिरहेको छ। 

सन् २०१४ मा यहीबाट बिजेपीले स्मृति इरानीलाई उम्मेदवार बनाएको थियो र उनले तीन लाख मत पाएकी थिइन्। यसपटक पनि उनी यही क्षेत्रबाट चुनावी मैदानमा छिन्। राहुल गान्धी र इरानीबीच यो क्षेत्रमा कडा टक्कर हुने देखिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अजमगढ

सन् २०१४ मा मुलायमसिंह यादव यहाँबाट चुनावी मैदानमा उत्रिएका थिए। यसपटक भने उनका छोरा अखिलेश यादव महागठबन्धनको तर्फबाट उम्मेदवार छन्। कांग्रेसले यसपटक यहाँ आफ्नो कुनै उम्म्देवार उठाएको छैन। यो क्षेत्रको जातीय समीकरणलाई ध्यानमा राखेर बिजेपीले स्थानीय लोकप्रिय भोजपुरी गायक दिनेशलाल यादवलाई चुनावी मैदानमा उतारेको छ। यो पूर्वोत्तर प्रदेशको एकमात्र यस्तो क्षेत्र हो जहाँ सन् २०१४ मा ‘मोदी लहर’ देखिएको थिएन्। 

मैनपुरी


सन् १९५६ देखि अहिलेसम्म यो निर्वाचन क्षेत्रमा समाजवादी पार्टीले कब्जा जमाइरहेको छ। यसपटक यो निर्वाचन क्षेत्रबाट मुलायमसिंह यादव स्वयं चुनाव लडिरहेका छन्। सन् २०१४ मा पनि उनले यहीबाट चुनाव जितेका थिए। तर,  उनले पछि यो क्षेत्र छाडिदिएका थिए। 

उनले छाडेपछि यहाँबाट उनका छोरा तेजप्रताप यादवले उपचुनावमा ठूलो अन्तरमा जित हासिल गरेका थिए। कांग्रेसले यस क्षेत्रबाट आफ्नो प्रत्यासी उठाएको छैन भने बिजेपीले प्रेमसिंह शाक्यलाई उठाएको छ। उनी उपचुनावमा पनि बिजेपीका प्रत्यासी थिए। 

सुल्तानपुर 


सन् २०१४ मा यो क्षेत्रमा बिजेपीका प्रत्याशी वरुण गान्धीले जितेका थिए। तर, यसपटक भने बिजेपीबाट केन्द्रीय महिला तथा बाल विकासमन्त्री मेनका गान्धी यहाँबाट चुनावी मैदानमा छिन्। उनी इन्दिरा गान्धीका कान्छा छोरा संजयका पूर्वपत्नी समेत हुन्। चुनाव प्रचारका बेलामा उनले मुसलमानमाथि गरेको टिप्पणी विवादास्पद भएको थिए। 

बिहार
पटना साबिह


गान्धी मैदान पटना साहिबको ठूलो प्रसिद्धि छ। यहाँ कुनै समय महात्मा गान्धी, सुभाषचन्द्र बोस, जवाहरलाल नेहरु, राम मनोहर लोहिया, अटल बिहारी वाजपेयी जस्ता ठूला नेताले चुनावी र्‍याली गरेका थिए। 

सन् २००९ को चुनावमा यहाँ बिजेपीबाट चर्चित कलाकार शत्रुघ्न सिन्हाले जितेका थिए। सन् २०१४ मा पनि उनी यही क्षेत्रबाट जितेर सांसद बनेका थिए। यसपटक भने बिजेपीले उनलाई टिकट नदिएर केन्द्रीय मन्त्री रवि शंकर प्रसादलाई टिकट दिएको थियो। कायस्थ बहुल यो चुनाव क्षेत्रमा शत्रुघ्न सिन्हाले यसपाली भने कांग्रेसबाट चुनाव लडेका छन्। 

बेगुसराय
राष्ट्रदोहका मुद्दा लागेका जेएनयुका पूर्व विद्यार्थी नेता कन्हैया कुमार सिपिआईका तर्फबाट यो क्षेत्रमा चुनावी मैदानमा छन्। सन् २०१४ मा पहिलो पटक यो क्षेत्रमा बिजेपीका भोला सिंहले चुनाव जितेका थिए। सन् २०१८ मा उनको मृत्यु भएको थियो।  

यसपटक बिजेपीले गिरिराज सिंहलाई यो क्षेत्रको टिकट दिएको छ। कांग्रेससहितको महागठबन्धनले भने यहाँबाट तनवीर हसनलाई चुनावी मैदानमा उतारको छ। बेगुसराय भूमिहार र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो। 

मध्य प्रदेश
भोपाल


यहाँ यसपालि बिजेपीकी प्रज्ञा ठाकुर र कांग्रेसका दिग्विजय सिंहका बीचमा टक्कर छ। सन् २०१४ मा बिजेपीका आलोक संजरले यहाँबाट जित हासिल गरेका थिए। बिजेपीकी प्रत्यासी ठाकुर यसपटकको चुनावी प्रचारका बेला निकै विवादमा परेकी थिइन्। उनले महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से राष्ट्रभक्त रहेको अभिव्यक्ति दिएकी थिइन्। 

गुजरात
गान्धीनगर


यो क्षेत्रमा बिजेपीका अध्यक्ष अमित शाह चुनाव लडिरहेका छन्। शाह पहिलोपटक चुनावी मैदानमा छन्। उनका विरुद्ध कांग्रेसका स्थानीय विधायक सी जे चावडालाई आफ्नो प्रत्यासी बनाएको छ। सन् २०१४ को आम चुनावमा बिजेपीका पूर्वअध्यक्ष लालकृष्ण आडवाणीले यहाँबाट जित हासिल गरेका थिए। परम्परागत रुपमा यो क्षेत्रलाई बिजेपीको गढ मानिन्छ। 

दिल्ली
उत्तर-पूर्वी दिल्ली


सन् २०१४ मा यो क्षेत्रमा बिजेपीका मनोज तिवारीले कांग्रेसका तत्कालीन सांसद जेपी अग्रवाललाई हराएका थिए। यसपटक उनका विरुद्ध तीन पटक दिल्लीकी मुख्यमन्त्री रहेकी शिला दीक्षित चुनावी मैदानमा छिन्। दिल्लका ७ क्षेत्रमध्ये यो क्षेत्रलाई सबै भन्दा कडा प्रतिस्पर्धा भएको क्षेत्र मानिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण
‘सारथी’ को प्रोमो सार्वजनिक
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्