काठमाडौं- सन् २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा ४८ टिमबीच प्रतिस्पर्धा नहुने भएको छ।
यसअघि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले २०२२ देखि नै ४८ टिमबीच प्रतिस्पर्धा हुने बताएका थिए। ४८ टिमबीच प्रतिस्पर्धा हुनका लागि कतारले अन्य देशसँग सहकार्य गर्नु पर्ने अवस्था थियो।
फिफाले २०२२ मा ३२ टिम मात्र हुने उल्लेख गर्दै बताएको छ,'वृहत छलफल र सुझाव लिन काम भएको छ। यसपटक पटक ४८ टिम हुन नसक्ने अवस्था छ।' फिफाले कतारलाई ४८ टिमबीचको विश्वकप गराउन दबाब दिन नसक्ने बताएको छ।
अब सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिको मिलेर विश्वकप फुटबल आयोजन गर्दैछन्। सन् २०२६ को विश्वकपमा भने ४८ टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।