दाङ- ट्याक्टरले मोटरसाइकलाई ठक्कर दिँदा दाङमा एक जनाको मृत्यु भएको छ।
जिल्लाको घोराहीस्थित तुलसीपुर चोकमा पावरटिलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तुलसीपुर–१४ की २४ वर्षीया पूजा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
रुपन्देहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु ४७ प १५४७ नम्बरको मोटरसाइकललाई ना ५ ख ९८५३ पावरटिलरले ठक्कर दिँदा मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय सूर्यपुरा रुपन्देहीमा कार्यरत प्रहरी जवान गुमान विक गम्भीर घाइते छन्।
बुबाको मृत्युको खबर पाएपछि प्रहरी जवान बिक तुलसीपुर–१४ स्थित घर फर्कदै गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।