चितवन- प्रहरीले बुधबार साँझ रत्ननगर उद्योग वाणिज्य संघ अध्यक्ष राजाराम रेग्मी पक्राउ परेका छन्।
जेठ ३ गते भरतपुर गोन्द्राङमा एकजना प्रहरी जल्ने गरी सडक बोर्डको सडक शुल्क संकलन केन्द्रमा भएको आगजनीमा संलग्न भएको आशंकामा रेग्मी पक्राउ परेका हुन्।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले राजाराम साँझ ६ बजे पक्राउ परेको बताए।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।