धनगढी- धनगढीबाट कक्षा ११ को परीक्षा दिइरहेका ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
धनगढीको शारदा माविमा ११ को परीक्षा दिईरहेका ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
धनगढीका दर्पण शर्मा, कपिल तिवारी र भगवती पडालको परीक्षा दिइरहेका सन्तोष भट्ट, अविनाश दक्त र आशा थापालाई पक्राउ गरिएको उनले बताए।
नक्कली परीक्षार्थीलाई पक्राउ गरेपछि उनीहरुले दिएको जानकारीको आधारमा परीक्षा दिन लगाउने तीन जनालाई पनि पक्राउ गरिएको उनले बताए।
नियमित चेकजाँचको क्रममा नक्कली परिक्षार्थी भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
६ जना विरुद्ध नै शिक्षा ऐन अन्तर्गत मुद्दा दर्ता भईसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।