काठमाडौं- प्रमाणीकरणका लागि संसद्ले पठाएको एक विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नै फिर्ता गरेकी छन्। राहदानी विधेयक-२०७५ राष्ट्रपति भण्डारीले संसदमै फिर्ता पठाइदिएकी हुन्।
गत असोजमा प्रतिनिधिसभाले सो विधेयक पारित गरी प्रमाणीकरणका राष्ट्रपति कार्यालय पठाएको थियो।
विधेयकका व्यवस्थाबारे पुनःविचार गर्न भन्दै राष्ट्रपतिले विधेयक फिर्ता गरेकी हुन्। संविधानको धारा ११३ उपधारा ३ अनुसार विधेयक पुनर्विचार गर्न राष्ट्रपतिको कार्यालयले संसद्लाई भनेको छ।
विधेयक प्रमाणीकरण नगरी संसद्मा फिर्ता गर्नुअघि उनले नेकपाका सांसद रामनारायण बिडारी तथा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसँग छलफल गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।