जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसियन युथ एथलेटिक्समा स्वर्णपदक विजेता अजितकुमार यादवलाई बुधबार पुरस्कृत गरेका छन्।
गत चैतमा हङकङमा सम्पन्न एसियन युथ एथलेटिक्स च्याम्पियनशिप २०१९ मा सप्तरी राजविराजका यादवले ३ हजार मिटरको दौडमा ऐतिहासिक स्वर्ण जितेका थिए। स्वर्ण जिते लगत्तै प्रदेश २ सरकारले अजितलाई ५ लाख दिने घोषणा गरेको थियो।
स्वर्ण जितेको २ महिनापछि मुख्यमन्त्री राउतले पाँच लाख ११ हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।