काठमाडौँ- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरु:
१) मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयकप्रति कांग्रेसको आपत्ति, संसदमा प्रवेश हुन नदिने चेतावनी
२) प्रधानमन्त्री रोजगार कार्यक्रमः तलब–भत्तामै सकियो ७३ करोड, आर्थिक वर्ष सकिनै लाग्दा हतारमा बजेट विनियोजन
३) १४ घन्टा लोडसेडिङ हुँदा २० घन्टासम्म विद्युत दिइएको बारे सैद्धान्तिक प्रश्नबाटै छानबिन थाल्न घिसिङको सुझाव, ‘कार्यकारी निर्देशकले नै व्यक्तिगत रुपमा पत्र पठाएर स्वीकृति’
४) कोपा अमेरिकाका लागि अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा, मेसी कप्तान, इकार्डी परेनन्
५) र, पाकिस्तानको दक्षिणी क्षेत्रका बालबालिकामा फैलियो एचआइभीको महामारी, बुबाआमामा भेटिएन, १५ बालबालिकामा संक्रमण पुष्टि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।