काठमाडौं– नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब तीन घण्टा छलफल चलेको छ।
प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न प्रचण्ड बिहान ९ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनीहरुबीच झन्डै तीन घण्टा छलफल चलेको थियो।
दुई नेताको छलफलपछि पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी भएको एक नेताले बताए।
दुई पक्षीय र त्रिपक्षीय छलफलमा के विषयमा कुराकानी भयो भन्ने जानकारी नभए पनि पोलिटब्युरो तथा केन्द्रीय विभागलाई पूर्णता दिनेबारे छलफल भएको हुनसक्ने ती नेताले अनुमान गरे।
पार्टी एकता भएको एक वर्ष बितिसक्दा पनि पोलिटब्युरो गठन हुन सकेको छैन। त्यसको निश्चित समय पनि नेताहरुले तोक्न सकेका छैनन्। त्यस्तै, केन्द्रीय विभागहरुको पदपूर्ति गर्ने काम पनि हुन सकेको छैन।
पछिल्लो समय ल्याइएको मिडिया काउन्सिलसम्बन्धी विधेयक विवादमा परेपछि सरकारको आलोचना भइरहेको छ। 'त्यसमा कसरी सुरक्षित अवतरण गर्ने भन्ने बारेमा पनि छलफल भएको हुनसक्छ', ती नेताले अनुमान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।